आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १४ सय दुई पुग्यो, सात हजार ४२१ निको भए

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १४ सय दुई पुग्यो, सात हजार ४२१ निको भए

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या एक हजार ४०२ पुगेको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या एक हजार ४०२ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६३६, डोटीमा १४६, कञ्चनपुरमा १४१, बझाङमा १४५, अछाममा ८०, बैतडीमा ५२, डडेल्धुरामा ६१, दार्चुलामा १३० जना र बाजुरा ६ जना संक्रिय संक्रमित छन्।

सुदूरपश्चिममा हालसम्म सात हजार ४२१ जना डिस्चार्ज भएका छन। मंगलबार अछामबाट १४ जना, बैतडीबाट ३ जना, कञ्चनपुरबाट २ जना, बझाङबाट ५ जना, दार्चुलाबाट १ जना महाकालीबाट ५ जना गरि ३० जना डिस्चार्ज भएका हुन्। 

सुदूरपश्चिममा २ हजार ७५६ जनाको स्वावको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या ८ हजार ८ सय ४२ पुगेको छ। प्रदेशमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Oct 21, 2020| 04:34 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।