आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिब दुई घण्टा छलफल

बालुवाटारमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिब दुई घण्टा छलफल

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा २ घण्टा लामो छलफल गरेका छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा २ घण्टा लामो छलफल गरेका छन्।

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सहमति नभएका बेला ओलीले नेपालसँग छलफल गरेका हुन्।

पार्टीको स्थायी कमिटीको बैठकका समयमा घेराबन्दीमा परेका ओलीले अध्यक्ष दाहालसँग सहमति गरेर अघि बढेका थिए। अहिले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानमा दाहालसँग विवाद बढेपछि नेपाललाई मनाउने प्रयास स्वरुप ओलीले छलफल गरेको बुझिएको छ। 

२५ असोजमा कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सांसद यमलाल कँडेलसहितका १८ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

नेता नेपाल पक्ष र दाहालपक्षबीच सहमति भएर नेपाल पक्षीय सांसद अविश्वासको प्रस्तावबाट पछि हट्ने सहमति भएपछि ओली अल्पमतमा परेका छन्।

२६ भदौमा सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन र कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा कार्यकारी अध्यक्ष दाहालसँग विवाद बढेपछि ओलीले अन्य नेताहरुलाई फकाउने कसरत गरेको बुझिएको छ। 

झण्डै तीन महिनापछि एक्ला एक्लै भेटेका ओली र नेपालबीच पार्टीमा देखिएको पछिल्लो विवाद, सरकार सञ्चालन लगायतका कामका बारेमा छलफल भएको बुझिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेता नेपाललाई सहकार्य गर्न आग्रह गरेका छन्। 

नेता नेपाल प्रधानमन्त्रीको कार्यशैलीदेखि रुष्ट हुँदै आएका छन्। पार्टी कमिटीका बैठक बाहेक ओली र नेपालबीच भेटवार्ता टुटेको थियो। 

वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता भएको नेपालसमयलाई जानकारी दिए।

‘प्रधानमन्त्रीले फोन गरेर भेट्न भनेपछि नेता नेपाल बेलुकी बालुवाटार जानु भएको हो,’उनले भने,‘छलफलका बारेमा मलाई जानकारी भएन। तर, अहिलेको समयसामयिक विषयमा नै छलफल भयो भन्ने बुझेको छु।’

१० असारमा शुरु भएको पार्टीको स्थायी कमिटी बैठकबाट शुरु भएको विवाद २६ भदौमा आएर केही समयका लागि मथ्थर बनेको थियो। 

स्थायी कमिटी बैठकको निर्णय ४ र ६ असोजमा बसेको पार्टीको सचिवालयको बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा त्यसयता प्रधानमन्त्री र कार्यकारी अध्यक्ष दाहालबीच विभिन्न चरणहरुमा छलफल भएपनि सहमति बन्न सकिरहेको थिएन। 

यही बीचमा कर्णालीमा देखा परेको विवाद र प्रधानमन्त्री ओलीले स्थायी कमिटी र सचिवालय बैठकसमेतको निर्णय भन्दा बाहिर गएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेकपाभित्र पुनः विवाद बढेको हो।

मंगलबार मात्रै दुई अध्यक्षबीच भएको भेटवार्ताका विषयमा दुवैका प्रेस सल्लाहकारले छुट्टा छुटट्ै प्रेस विज्ञप्ति निकालेका थिए। 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले दुई अध्यक्षबीच ४ बुँदे सहमति भएको विज्ञप्ति जारी गरे लगत्तै दाहालको सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले विज्ञप्ति जारी गरेर कुनै सहमति नभएको प्रष्ट पारेका थिए।

प्रधानमन्त्री ओलीको एकलौटी रुपमा अघि बढ्ने कार्यशैली र कर्णाली विवादले केही दिन अझै नेकपाभित्रको विवाद बढ्न देखिन्छ।
 

प्रकाशित: Oct 21, 2020| 03:11 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।