आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुलिखेल अस्पतालमा कोरोना संक्रमित भर्ना गर्दा ५० हजार धरौटी, आईसीयूमा राख्नुपरे २ लाख

धुलिखेल अस्पतालमा कोरोना संक्रमित भर्ना गर्दा ५० हजार धरौटी, आईसीयूमा राख्नुपरे २ लाख

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामी स्वयंले उपचार गर्नुपर्ने निर्णय गरेसँगै काभ्रेको धुलिखेल अस्पतालले विरामी भर्ना गर्नुअघि धरौटी रकम जम्मा गर्नुपर्ने सूचना निकालेको छ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामी स्वयंले उपचार गर्नुपर्ने निर्णय गरेसँगै काभ्रेको धुलिखेल अस्पतालले विरामी भर्ना गर्नुअघि धरौटी रकम जम्मा गर्नुपर्ने सूचना निकालेको छ। 

अस्पताल प्रशासकले जारी गरेको सूचना अनुसार सामान्य विरामी भर्ना हुनुअघि ५० हजार, मध्य अवस्थाको विरामीले एक लाख र आईसीयूमा राख्नुपर्ने विरामीले २ लाख रुपैयाँ धरौटी रकम अस्पतालको नगद शाखामा जम्मा गर्नुपर्ने छ।

सोमबारदेखि नै अस्पतालले यस्तो सूचना जारी गरेको हो। विरामीको औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि अस्पतालले जनाएको छ। 
अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या भएकालाई ७ हजार ५ सय र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्नेछ । सोही रकममा अस्पतालले खाना खुवाउने छ।

२ कात्तिक देखि लागू हुने गरेर सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने निर्णय गरेको थियो। 

सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ। सर्वोच्च अदालतले परिक्षण र उपचार निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको अवस्थामा सरकारले गैर जिम्मेवारीपूर्ण निर्णय गरेको भन्दै विरोध भएको हो।

प्रकाशित: Oct 20, 2020| 15:34 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।