बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

२३ केजी सुन प्रकरण : छोरीको अपार्टमेन्टमा बसेर तस्करी

अशोक वीरगन्जका केही व्यापारीको सहयोगमा छोरी निवेतिकालाई २०६३ सालमा जन्मका आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए। 
 |  मंगलबार, कात्तिक ४, २०७७

जियालाल साह

जियालाल साह

मंगलबार, कात्तिक ४, २०७७

ntc landingntc landing

पर्सा– भारतीय नागरिक अशोक सिन्हाले वीरगन्जस्थित छोरीको घरमा बसेर सुन तस्करी गर्दै आएको पाइएको छ। 

himalayan bank box

प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका–१० रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद गरेको थियो। 

उक्त अपार्टमेन्ट अशोककी छोरी निवेतिकाकाे नाममा रहेको पर्सा मालपोतको अभिलेखमा उल्लेख छ। अशोक सोही अपार्टमेन्टमा बस्दै आएका थिए। 

२०५३ सालतिर वीरगन्जका बजरंगलाल अग्रवाल, नानकचन्द आसमान र श्यामसुन्दर रुगटाले मिलेर बनाएको उक्त अपार्टमेन्ट निवेतिका सिन्हाको नाममा रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए। 

अशोक वीरगन्जका केही व्यापारीको सहयोगमा छोरी निवेतिकालाई २०६३ सालमा जन्मका आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए। 

छोरीको नागरिकताकै आधारमा उनले भारतबाट नेपालमा समेत अवैध कारोबार गर्दै आएका थिए। 

पर्सा प्रहरीले बरामद गरेको कागजातअनुसार निवेतिका डाक्टर हुन्। उनी अहिले दिल्लीमा बस्दै आएकी छन्। २०४६ सालमा जन्मिएकी निवेतिकासँग दुवै देशको नागरिकता छ। 

अशोकसँग विगतमा कारोबार गरेका एक व्यापारीका अनुसार उनले पनि नेपाली नागरिकता लिइसकेका छन्।  

नेपाल–भारत दुवै देशमा सहज भएको कारोबार उनी तेस्रो मुलकबाट मगाएर दुवै देशमा क्लियरिङ एजेन्टका रूपमा अवैध कारोबारलाई वैध बनाउँदै आएका छन्। 

भारत विहारको लक्ष्मीपुर स्थायी घर भएका अशोक कहिले रक्सौल त कहिले वीरगन्जमा बस्दै आएका छन्। उनका पिता गान्धी स्कुलका शिक्षक थिए।

चार भाइमध्ये उनी साइँला हुन्। उनका दुई दाइ रामविनोद र प्रमोद छन्। भाइ मुन्नाको भने कोरोना संक्रमणका कारण केही दिनअघि मृत्यु भएको छ। 
सुन बरामद हुनु एक साताअघि अशोक कान्छो भाइ मुन्नाको काजकिरियाका लागि रक्सौलमा थिए। 

वीरगन्जमा उनले विभिन्न धनाढय व्यक्तिसँग दाजु चुनावमा उठेकाले सहयोग गर्न आग्रह गरेका थिए। उनका दाजु प्रमोदकुमार भारतीय जनता पार्टीका तर्फबाट विहार विधानसभामा प्रत्यासी छन्। दाजुको चुनावका लागि उनले सुन तस्करी गरेको आशंका प्रहरीको छ। 

विहार रक्सौलका स्थानीय सञ्चारकर्मी गणेश शंकरका अनुसार सिन्हा खानदानी धनाढय हैनन्। उनीहरूको विहारस्थित हरैया र लक्ष्मीपुरमा रहेको जग्गा आईसीपीको सडकमा परेको थियो। त्यो जग्गाको मुआब्जाबापत सात करोड रुपैयाँ पाएपछि उनीहरू एकाएक धनी भएका हुन्। 

अशोक सिन्हाकी छोरी निवेतिकाको नाममा रहेको गणेश अपार्टमेन्ट। तस्बिर : जियालाल साह

अनुसन्धान तीव्र, तस्कर भेटिएनन्

प्रहरीले बरामद सुन अशोक सिन्हाकै रहेको निष्कर्ष निकाले पनि उनलाई फेला पार्न सकेको छैन। यसका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।

सुन कारोबारमा भारतीय तस्कर पनि संलग्न रहेको आशंकामा भारतीय प्रहरीसँग समन्वय गरिएको उनको भनाइ छ। 

उनले भने, ‘भारतमा हुन लागेको चुनावमा उठेका प्रत्यासीसँग सुन तस्करको संलग्नता छ कि छैन भन्नेबारेमा अनुसन्धान केन्द्रित गरेका छौं।’

तस्करमा संलग्न व्यक्तिको सञ्जाल नेपाल, भारतलगायत अन्य मुलुकमा छ वा छैन भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धान जारी राखेको छ।

‘हामीले ससाना कारोबारीदेखि भारतीय ठूला कारोबारीमा समेत निगरानी बढाएका छौं’, कुँवरले भने, ‘तस्करीमा वीरगन्जकै विभिन्न व्यक्ति संलग्न रहेको सूचना पनि आएको छ।’ 

पर्सा प्रहरीले गत शनिबार अपार्टमेन्टमा छापा मारी एक केजी दरका १३ वटा बिस्कुट, ४६ वटा टुक्रा आठ केजी ५७६ ग्राम, १०० ग्रामको साना बिस्कुट एक केजी र विभिन्न गरगहना ६८१ ग्रामसहित २३ केजी २५७ ग्राम सुन बरामद गरेको थियो । 

बरामद सुनको नेपाली मूल्य १८ करोड ९२ लाख १८ हजार ९ सय ५२ रुपैयाँ पर्छ। यस्तै बरामद चाँदीको मूल्य दुई लाख ३० हजार नौ सय २७ रुपैयाँ छ। 

चुनाव प्रचारप्रसारमा खटिएका अशोकका दाजु प्रमोद सिन्हा।

 

प्रकाशित: Oct 20, 2020| 13:35 मंगलबार, कात्तिक ४, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।