आइतबार, भदौ १४, २०८३

कर्णालीमा एकै दिन १८१ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये सुर्खेतका १०१ जना, दैलेखका ४०, कालिकोटका १५, जुम्लाका चार, हुम्ला र सल्यानका दुई दुई जना, मुगु, जाजरकोट र रुकुम पश्चिमका एक एक जना र अन्य प्रदेशका १४ जना छन्। 

कर्णालीमा पहिलो पटक धेरै संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशला सुर्खेतमा गरिएको परिक्षणमा १३४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० जना, दैलेख अस्पताल प्रयोगशालामा २५ जना, रुकुमपश्चिमको चौरजहारी प्रयोगशाला र कमलबजार नगरपालिका प्रयोगशाला अछामले एक एक जनामा संक्रमण पुष्टि गरेको हो ।

योसँगै कर्णालीमा कुल संक्रमितको संख्या पाँच हजार ३५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०१ जना डिस्चार्ज भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए। कर्णालीमा हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार ९८५ पुगेको छ ।

प्रकाशित: Oct 20, 2020| 13:10 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।