आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशको विवादबारे कुनै सहमति भएको छैन : अध्यक्ष दाहाल

कर्णाली प्रदेशको विवादबारे कुनै सहमति भएको छैन : अध्यक्ष दाहाल

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै सहमति नभएको प्रष्ट्याएका छन्।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै सहमति नभएको प्रष्ट्याएका छन्।

दाहालका तर्फबाट उनका प्रेस संयोजक विष्णु सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै आज बिहानको छलफलमा कुनै सहमति नभएको प्रष्ट पारेका हुन्।

‘प्रधानमन्त्री ओलीसँग चार बुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँड्नुभएको हो,’ सापकोटाले भनेका छन्।

नेपाल समयसँगको कुराकानीमा पनि उनले बिहान अध्यक्षद्वयको छलफलमा कुनै सहमति नभएको र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको सापकोटाले बताएका थिए। 

दाहालले बिहानको छलफलमा संसदीय दलमा देखा परेको समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी र सरकारलाई दिन प्रस्ताव गरेका थिए। तर, त्यसमा ओलीले कुनै प्रतिक्रिया नदिएपछि छलफल सकिएको थियो।

प्रकाशित: Oct 20, 2020| 12:36 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।