आइतबार, भदौ १४, २०८३

महिला श्रमिकको रुपमा दुर्गाको मूर्ति

भौमिकका अनुसार यो मूर्ति बनाउन दुई महिना लागेको थियो । फाइबर ग्लासबाट बनाइएको यो मूर्तिको परिकल्पना रिन्टू दासले गरेका हुन्।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं- भारतको कोलकातामा प्रत्येक वर्ष दुर्गा पूजा धुमधामका साथ मनाइन्छ। दसैं (नवरात्री) का बेला पण्डाल र मूर्तिको नयाँ कन्सेप्टमा प्रतिस्पर्धा भइरहेको हुन्छ। तर, यो वर्ष कोभिड– १९ को त्रासका बीच प्रतिस्पर्धा उती सारो छैन, बरु प्रयास रचनात्मक हुन थालेको छ। 

कोलकातामा बेहालाको बारिाशा क्लबको दुर्गा पूजा चर्चित छ। यसवर्ष क्लबले दुर्गालाई आप्रवासी महिला श्रमिकका रुपमा प्रस्तुत गरेर थप चर्चा बटुलेको छ। त्यसैगरी सरस्वती, लक्ष्मी, कार्तिकेय र गणेशलाई दुधे शिशुका रुपमा प्रस्तुत गरिएको छ।

लकडाउन बेला सयौं किलोमिटर पैदल हिंडेर आफ्ना घरतर्फ लागेका लाखौं आप्रवासी महिला श्रमिकको सम्मानमा यो कन्सेप्ट समर्पित गरिएको डिजाइनर रिन्टू दास बताउँछन्। उनको कन्सेप्टलाई बंगालका मूर्तिकार पल्लब भौमिकले आकार दिएका हुन्। 

दास र भौमिकको यो प्रयासलाई धेरै बलिउड हस्तीले पनि स्याबासी दिएका छन्। यो दुर्गा मूर्तिको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

अभिनेत्री रवीना टन्डनले यो तस्बिर सेयर गर्दै मूर्तिकार पल्लब भौमिकको प्रशंसा गरेकी छन्। 

उर्मिला मान्तोडकरले ट्विटमा लेखेकी छन्, ‘मानिसहरु तपाईंलाई के भन्छन्, त्यसले खास अर्थ राख्दैन तर, शब्द र विचारले संसार परिवर्तन हुनसक्छ... बंगालका कलाकार पल्लब भौमिकद्वारा दुर्गाको सबैभन्दा तेजस्वी चित्रण। दुर्गा आफ्ना बच्चाका साथ प्रवासी श्रमिकका रुपमा।’

नारी शक्तिलाई सम्मान

मूर्तिबारे देशभरबाट व्यापक प्रतिक्रिया आउन थालेपछि भौमिक चकित छन्, उनलाई आफ्नो रचना कति लोकप्रिय भएको छ भन्ने थाहा छैन। 

उनले भने, ‘म सोशल मिडियामा धेरै सक्रिय छैन, त्यसैले बलिउडका हस्तीहरुले पनि मेरो रचना मन पराएको थाहा थिएन। जानकारी दिनुभएकोमा धन्यवाद। म खुसी छु।’

भौमिकका अनुसार यो मूर्ति बनाउन दुई महिना लागेको थियो । फाइबर ग्लासबाट बनाइएको यो मूर्तिको परिकल्पना रिन्टू दासले गरेका हुन्। भौमिक भन्छन्, ‘दासको निर्देशन अनुसार मैले यो मूर्ति बनाएँ।’

कन्सेप्ट डिजाइनर दास भन्छन्, ‘जुन बेला हामी आफ्ना घरभित्र कैदजस्तै थियौं, त्यसैबेला टेलिभिजनमा आप्रवासी श्रमिकहरुको ठूलो कष्टका साथ बिना खानापानी पैदल यात्रा गरिरहेका दृष्य देखिन्थ्यो। त्यो दृष्यले मलाई निकै पीडा हुन्थ्यो। त्यहीँबाट मैले यो कन्सेप्ट बनाएँ। उसो त देवी मूर्तिमा होइन प्रत्येक महिलाभित्र हुन्छिन्। हामीले यो मूर्तिका माध्यमबाट नारी शक्तिलाई सम्मान गर्न चाहेका हौंं।’ 
-एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Oct 20, 2020| 12:33 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।