आइतबार, भदौ १४, २०८३

गण्डकीमा कांग्रेस सांसदले फिर्ता गरे दसैं भत्ता

गण्डकी प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुले दसैं खर्च फिर्ता गर्ने भएका छन्। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

पोखरा– गण्डकी प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुले दसैं खर्च फिर्ता गर्ने भएका छन्। 

कांग्रेस संसदीय दलको मंगलबार पोखरामा बसेको बैठकले दसैं खर्च फिर्ता गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले बताए।

मुलुक कोरोनाको महामारीमा परेको र संघ सरकारले उपचार गर्न सक्दिन भनेर हात उठाएका बेला नागरिकको चित्त दुखाएर दसैं खर्च खान उचित नहुने भएकाले यस्तो निर्णय गरिएको प्रमुख सचेतक शर्माले बताए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसका १६ सांसद छन्। कांग्रेस सांसदले कोरोना महामारीको अवधिभरको यातायात खर्च नलिने निर्णय यसअघि नै गरेका थिए ।

कांग्रेस सांसद एवं सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले असोज मसान्तसम्म यातायात सुविधा समेत नलिने भन्दै गाडी र चालक प्रदेश सभा सचिवालयलाई बुझाएका छन् । 

प्रकाशित: Oct 20, 2020| 12:09 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।