सुर्खेत–कोरोनाबाट सुर्खेतमा मंगलबार थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–८ की ८६ वर्षीया महिला छन्।
प्रदेश अस्पताल सुर्खेतका उपचार गर्दागर्दै दिउँसो १ बजेतिर मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उनलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
कर्णालीमा हाल एक हजार एक सय १३ जना संक्रिय संक्रमित छन्।