काठमाडौं– मंगलबारसम्म १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच/पाँच सयभन्दा बढी संक्रमित छन्।
त्यस्तै चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेतमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ।
मुस्ताङमा भने सक्रिय संक्रमितको संख्या नरहेको मन्त्रालयले जनाएको छ।