काठमाडौं– आज मंगलबार देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण भएकोमा यो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको कुल संख्या करिब १ लाख ४० हजार पुगेको छ।
पछिल्लो २४ घण्टामा २१ सय ८ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी ८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७६५ पुगेको छ।
सक्रिय संक्रमित– ४१,७७५
संस्थागत आइसोलेसनमा– १३, ५५९
होम आइसोलेसनमा– २८,१९६
आईसीयूमा– २७३
भेन्टिलेटरमा– ७८
क्वारेन्टिनमा– ४,२२०