आइतबार, भदौ १४, २०८३

डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य अवस्था सुधार भएपछि डा. केसीलाई डिस्चार्ज गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। चिकित्सकको सल्लाह अनुसार उनी डिस्चार्ज भएका हुन्। 

चिकित्सा शिक्षा सुधारको माग गर्दै २०६९ सालबाट पटक पटक गरी १९ पटकसम्म अनसन बसिसकेका छन् केसी। १९ औँ अनसन उनले भदौ २९ गते जुम्लाबाट सुरु गरेका थिए । 

स्वास्थ्य स्थिति खराब हुन थालेपछि असोज ६ गते काठमाडौँ ल्याइएको थियो। त्यसयता उनी त्रिवि शिक्षण अस्पतालमा थिए।

अनसनको २७ औँ दिनमा असोज २४ गते सरकारसँग ८ बुँदे सम्झौता गरी अनसन तोडे पनि उनको स्वास्थ्य अवस्था खराब भएकाले त्रिवि शिक्षण अस्पतालमै उपचाररत थिए । 


 

प्रकाशित: Oct 20, 2020| 10:15 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।