आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा मात्रै २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा मात्रै २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

विराटनगर– विराटनगरमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५ महिला र २ जना पुरुष छन्। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ। मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष छन्।  
 
मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो।
 
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ। केही दिनअघि पीसीआर परीक्षण गराएका उनी रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा रहेको बस्नेतले बताए। 

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ। असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको मृत्यु सोमबार राति १२ बजेतिर भएको हो।
 
न्युरो अस्पताल विराटनगरमा उपचाररत विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए। विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ।
 
मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान ८ः५० बजेतिर मृत्यु भएको छ। अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा ज्यान गएको हो। 

प्रकाशित: Oct 20, 2020| 08:57 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।