आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाले गर्‍यो निवर्तमान रक्षामन्त्री पोखरेलकाे बिदाइ

सेनाले गर्‍यो निवर्तमान रक्षामन्त्री पोखरेलकाे बिदाइ

नेपाली सेनाले रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलकाे बिदाइ गरेको छ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– नेपाली सेनाले रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलकाे बिदाइ गरेको छ। 

सेनाले जंगीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा कार्यक्रम आयोजना गरेर निवर्तमान रक्षामन्त्री पोखरेलकाे बिदाइ गरेको हो। 

बिदाइ समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले करिब तीन वर्ष रक्षामन्त्रीको जिम्मेवारी बहन गर्दा पोखरेलको मार्गनिर्देशन र नेतृत्वमा रक्षा मन्त्रालय तथा नेपाली सेनामा स्थापित हुँदै गएको सुधारात्मक कार्यको थालनीका लागि धन्यवाद दिएका थिए।

थापाले राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापनाजस्ता धेरै उपलब्धि हासिल हुनुमा पोखरेलको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए।

कार्यक्रममा उपप्रधानमन्त्री रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकालमा नेपाली सेनाले राष्ट्रिय विपद्का बेला गरेका उद्धार तथा राहत, कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम र नियन्त्रणमा निर्वाह गरिरहेको भूमिका तथा सरकारबाट प्राप्त अन्य विकास निर्माण, प्रकृति संरक्षण लगायत महत्त्वपूर्ण कार्यहरुको स्मरण गर्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा प्रशंसा गरे। 

पोखरेलले आफू जुनसुकै नियुक्तिमा रहे पनि नेपाली सेनालाई सदैव सहयोग गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे।

बिदाइ कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, रथीवृन्दलगायत सहभागी थिए। 

प्रधानसेनापति थापाले पोखरेललाई सम्झनाको चिनोे प्रदान गरेका थिए। 

केही दिनअघि गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालय आफैंले राखेका छन् भने पोखरेल प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय हेर्ने गरी उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन्।
 

प्रकाशित: Oct 20, 2020| 07:32 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।