आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अति आवश्यक काम नपरी घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध 

अति आवश्यक काम नपरी घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार  यस्तो अपिल जारी गरेका हुन्।

उनले जारी गरेको अपिलमा भनिएको छ, ‘व्यक्तिगत तथा सामूहिक रुपमा सचेतना अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाऔं। अति आवश्यक नभई घरबाहिर ननिस्कऔं। घरबाट बाहिर निस्कनैपर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गरौं–गराऔं।’ 

दसैं नजिकिँदै गर्दा जिल्लाभित्रै तथा देशव्यापी रुपमा मानिसको आवतजावत तथा भीडभाडका कारण संक्रमणको जोखिम झन् बढ्न सक्ने प्रशासनले जनाएको छ। 

अपिलमा ३१ भदौमा जारी निषेध आदेशको पूर्ण पालना गर्न गराउन  भनिएको छ। 

सबैको साझा शत्रुका रुपमा देखापरेको कोरोना भाइरसबाट आफू बच्ने र अरुलाई पनि बचाउने उद्येश्यका साथ सरकारले जारी गरेको स्वास्थ्य सुरक्ष सम्बन्धी मापदण्ड इमानदारीपूर्वक पालना गर्न प्रशासनले अनुरोध गरेको छ। 
 

प्रकाशित: Oct 20, 2020| 07:15 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।