आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सदन र सडकको शक्ति एकीकृत गरे मात्र पथभ्रष्ट सरकार सच्चिन सक्छ : गगन थापा 

सदन र सडकको शक्ति एकीकृत गरे मात्र पथभ्रष्ट सरकार सच्चिन सक्छ : गगन थापा 

उनले संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने बताएका छन्। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– कांग्रेस नेता गगन थापाले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता ल्याउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। 

नेता थापाले सामाजिक सञ्जालमार्फत देउवासँग यस्तो आग्रह गरेका हुन्। थापाले भनेका छन्, ‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।’

उनले संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने बताएका छन्। 

पूर्वमन्त्री थापाले सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता सच्याउन आह्वान गरेर मात्र प्रतिपक्षीको कर्तव्य पूरा नहुने बताएका छन्। 

उनले भनेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।’

प्रकाशित: Oct 20, 2020| 06:40 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।