आइतबार, भदौ १४, २०८३

प्रहरी जवान साउदको शव मोहना नदीमा भेटियाे

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७


धनगढी– धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ। 

झन्डै ६० घण्टादेखि बेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो।

बेपत्ता भएदेखि प्रहरीले उनको खोजी कार्य गरिरहेको थियो। 

साउदको शव मोहना नदीमा असई गोविन्द विकको शव भेटिएको स्थानभन्दा दुई सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ। 

गएको शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान साउद बेपत्ता भएका थिए ।

विकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा फेला परेको थियो ।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ। केही फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी भनाइ छ।

प्रकाशित: Oct 20, 2020| 06:10 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।