पर्सा- पर्सा प्रहरीले वीरगन्जमा बरामद गरेको २३ किलो सुन राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।
शनिबार बरामद झन्डै १९ करोड बराबरको २३ किलोभन्दा बढी सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले बताए।
अपार्टमेन्टको कोठाभित्र खनतलासी गर्दा एक किलो दरका १३ वटा सुनका बिस्कुट, मझौला खालका ४६ वटा बिस्कुट गरी ८ किलो ५७६ ग्राम, १०० ग्रामको साना बिस्कुट किलो र सुनका विभिन्न गरगहनाह ६८१ ग्रामसहित २३ किलो २५७ ग्राम सुन बरामद भएको थियो।
बरामद सुनबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। सुन तस्करीसँग जोडिएका व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन्।