काठमाडौं- सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई तोकेको छ। २९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रवक्ता तोकेको हो।
गुरुङ हालैमात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चारमा सरुवा भएका हुन्।
यसअघि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि केही समय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको भूमिका निर्वाह गरेका थिए।