आइतबार, भदौ १४, २०८३

प्रदेश २ को प्रदेशसभा अधिवेशन भोलि अन्त्य हुने

प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन भोलि (मंगलबार) देखि अन्त्य हुने भएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन भोलि (मंगलबार) देखि अन्त्य हुने भएको छ।

प्रदेशसभा सचिवालयले आज (सोमबार) एक सूचना जारी गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि चौथो अधिवेशन अन्त्य हुन लागेको जनाएको छ।

मन्त्रिपरिषदको निर्णय बमोजिम चौथो अधिवेशन अन्त्य गर्न सिफारिस भएअनुसार प्रदेश प्रमुख तिलक परियारबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य हुने घोषणा गरिएको जारी सूचनामा उल्लेख छ।

पाँचौ अधिवेशनको मिति प्रदेश प्रमुखबाट निर्देशन आएबमोजिम तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: Oct 19, 2020| 12:53 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।