आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनको अर्थव्यवस्थालेे तेस्रो त्रैमासिकमा पक्ड्यो रफ्तार

चीनको अर्थव्यवस्थालेे तेस्रो त्रैमासिकमा पक्ड्यो रफ्तार

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष अर्थव्यवस्थामा बढोत्तरी हुने देश विश्वभर चीनमात्र हुनेछ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

चीनको अर्थव्यवस्था वर्षको तेस्रो त्रैमासिकमा बलियो भएर अगाडि आएको छ। 

चीन सरकारले सोमबार जारी गरेको तथ्यांंक अनुसार कोरोना भाइरस महामारी पछि चीनका उपभोक्ताको मागमा गत महिनादेखि तीब्र वृद्धि देखिएको छ। 

कोरोना संक्रमण नियन्त्रणमा आएसँगै चीनका उपभोक्ताको आत्मविश्वास बढेको छ भने त्यसको असर अर्थव्यवस्थाको तथ्यांकमा देखिएको छ। यद्यपि, यो अपेक्षाभन्दा कम नै हो। 

चीनको न्यासनल ब्यूरो अफ स्ट्याटस्टिक्सका अनुसार अन्तर्राष्ट्रिय वातावरण अझै जटिल रहेका कारण अपेक्षित सुधार हुन नसकेको हो।

सुरुमा लकडाउनका कारण चीनको अर्थव्यवस्थामा अभूतपूर्व संकुचन देखिएको थियो। तर, चीनले संक्रमणको रोकथाममा सफलता हासिल गरेपछि ६ महिनामा अर्थव्यवस्था फेरि लयमा फर्किएको हो। 

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष अर्थव्यवस्थामा बढोत्तरी हुने देश विश्वभर चीनमात्र हुनेछ। 

तेस्रो त्रैमासिकमा चीनको विकास दर ४.९ प्रतिशत भएसँगै महामारी सुरु हुनुअघिको अवस्थामा पुगेको छ। जबकि यसअघिको त्रैमासिकमा यो दर ३.२ प्रतिशत थियो। 

चीनको खुद्रा ब्यापारमा पूर्वानुमानभन्दा धेरै ३.३ प्रतिशतको वृद्धि भएको छ र, अर्थव्यवस्थामा सुधारको प्रमुख कारण यसैलाई मानिएको छ। 

चीनका पसल र रेष्टूराँमा फेरि भिडभाड बढेको छ भने पर्यटकले यात्रा सुरु गरेका छन्। सेप्टेम्बर महिनामा औद्योगिक उत्पादन पनि ६.९ प्रतिशतले बढेको छ। 

चीनले भाइरस नियन्त्रण तथा रोकथामको श्रेय लाखौं मानिसलाई परीक्षणकै क्रममा रहेको भ्याक्सिन दिइनु जस्ता कदमलाई दिएको छ। यद्यपि, अर्थव्यवस्थाको सुदृढिकरणका बावजुद रोजगारीमा गिरावट र भाइरसको संक्रमण पुनः फर्किनसक्ने आशंका कायमै छ।

चीनका अर्थशास्त्री लु तिङ भन्छन्, ‘चीनले कडा लकडाउन, ठूलो मात्रामा परीक्षण, अनुगमन र आर्थिक प्याकेजका कारण यो सफलता हासिल गरेको हो। यद्यपि, अझै पनि कोभिड– १९ फेरि फर्कला भन्ने जोखिम छँदैछ। त्यसमाथि अमेरिकासँगको तनावले पनि निर्यात र लगानीमा क्षति पुर्‍याउन सक्छ।’

सेप्टेम्बरमा चीनको सहरी बेरोजगारीको दरमा ५.४ प्रतिशतमा कमी आएको छ। यसै महिना पहिलो पटक अचल सम्पत्तिमाथिको लगानी सकारात्मक भएको छ। 
एएफपी
 

प्रकाशित: Oct 19, 2020| 12:53 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।