आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजु सदा मृत्यु प्रकरणकाे अध्ययन प्रतिवेदन बुझाइयो, कोको थिए दोषी ?

राजु सदा मृत्यु प्रकरणकाे अध्ययन प्रतिवेदन बुझाइयो, कोको थिए दोषी ?

राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

जनकपुरधाम- राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ। 

सोमबार प्रदेशसभामा बुझाइएको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिनस्थल र सामाजिक विकास मन्त्रालयको लापरबाहीका कारण राजु सदाको मृत्यु भएको ठहर गरिएको छ। 

प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयसँग निरन्तर सम्पर्क गर्न खोज्दा फोन नउठेको र पत्र लेखी घटनाको सम्बन्धमा जानकारी माग गरिएकोमा सो सम्बन्धमा समेत कुनै जवाफ प्राप्त नभएको तथा कोरोना महामारीका बीच स्थापना गरिएको कोभिड अस्पतालको व्यवस्थापकी पक्ष बलियो हुनुपर्ने र मानव स्वास्थ्य संवेदनशिलता प्रति गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा मन्त्रालय सशक्त रुपमा प्रस्तुत हुन नसकेको उल्लेख छ। 

प्रतिवेदनमा बिरामी आइसोलेसन बेडबाट झरेको भनिए पनि बिरामी बेडबाट झरेको घण्टौँ बितेपछि स्वास्थ्यकर्मी त्यहाँ पुगेको यथार्थ सीसीटीभी क्यामेरा खराब भएकोले यकिन गर्न नसकिएको जनाइएको छ।

साथै प्रयोगशालाले बेलैमा पीसीआर रिपोर्ट उपलब्ध गराएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहरसमेत गरिएको छ। झाडापखाला लागेका बिरामीलाई बेलैमा औषधोपचार गराउनुपर्नेमा सो नभएको पाइएको उल्लेख छ। 

कोभिडका बिरामीलाई लक्षित गरी बनाइएको अस्पतालमा रहँदा बिरामीका लागि प्रयोगशाला, एक्सरे, सीटी स्क्यान, भेन्टिलेटरको व्यवस्था नरहेको र अस्पतालका अनुसार समाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले समग्रमा व्यवस्थापकीय पक्ष कमजोर रहेको देखिएको प्रतिवेदनमा औँल्याइएको छ।

कोरोना महामारीका कारण मुलुकबाहिरबाट आउने व्यक्तिहरुलाई यथोचित वासस्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा व्यवस्थापकीय पक्ष कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशसभाको असार १४ गतेको बैठकले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ का राजु सदाको मृत्युको घटना अध्ययन गरी प्रतिवेदन पेश गर्न विशेष समिति गठन गरेको थियो।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ को उपनियम २ बमोजिम प्रदेश २ को प्रदेशसभाले प्रदेशसभा सदस्य रविन्द्र बैठा धोबीको संयोजकत्वमा अध्ययन विशेष समिति गठन गरेको थियो। समितिको सदस्यमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सुरिता कुमारी साह, नरेश यादव र सावित्री देवी साह रहेका थिए।

प्रकाशित: Oct 19, 2020| 12:40 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।