आइतबार, भदौ १४, २०८३

कोरोना संक्रमणबाट उपत्यकामा २५५ को मृत्यु

कोरोना भाइरस संक्रमणबाट आजसम्म काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या २५५ पुगेको छ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट आजसम्म काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या २५५ पुगेको छ। 

मृतकमध्ये काठमाडौंका १६२, भक्तपुरका ४३ र ललितपुरका ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार काठमाडौंमा १७ हजार ४४६, भक्तपुरमा एक हजार २७० र ललितपुरमा दुई हजार ७५५ जना सक्रिय संक्रमित छन्। 

यस्तै काठमाडौंमा अहिलेसम्म २९ हजार १७५ जना कोरोनामुक्त भएका छन्। भक्तपुरमा तीन हजार १७५ र ललितपुरमा तीन हजार ६७६ जना कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ। 

आजसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ४६ हजार ७८३, भक्तपुरमा चार हजार ४८८ र ललितपुरमा ६ हजार ५०१ जना रहेको मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा २८२ जना संक्रमित छन् भने भेन्टिलेटरमा ६३ जना छन्। 

पछिल्लो २४ घण्टामा देशभरमा तीन हजार ७९० जना संक्रमित थपिएका छन्। त्यसैगरी दुइ हजार ३३५ जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Oct 19, 2020| 12:34 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।