आइतबार, भदौ १४, २०८३

असई विकको अन्त्येष्टि

कैलालीमा हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको अन्त्येष्टि गरिएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

धनगढी- कैलालीमा हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको अन्त्येष्टि गरिएको छ।

सोमबार कञ्चनपुरको दोदा नदीको कीर्तिपुर घाटमा उनको अन्त्येष्टि गरिएको हो।

बिकको पार्थिव शरीरलाई सलामीसहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

अन्त्येष्टि अगाडि बिकको पार्थिक शरीरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

आइतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाटी रेटेर हत्या गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेको थियो।

प्रकाशित: Oct 19, 2020| 12:22 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।