आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश एक सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रदेश एक सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

यूएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

विराटनगर- यूएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेको हो।

यूएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ।

स्वास्थ्य सामग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई यूएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले हस्तान्तरण गरे।  

स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको वताए।

कोभिड अस्पतालमा थप वेड विस्तारसहित १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उनले बताए।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले निजीस्तरको सहयोगमा अक्सिजनसहित एक सय वेडको अस्पताल सञ्चालनको तयारी गरिरहेको बताए।

प्रकाशित: Oct 19, 2020| 11:33 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।