काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटकको दसैंमा जहाँ छौं त्यहीँ बसेर मनाउन पुनः आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाउँ तथा परिवारको सुरक्षाको निम्ति दसैंमा जमघट नगरी एक्लै बसेर मनाउन आग्रह गरेका हुन्।
गौतमले भने, ‘ज्यान रहे अर्को वर्ष धुमधामसँग दसैं मनाउँला। आफ्नो परिवार नभेट्दा खल्लो लागे पनि सुरक्षाको निम्ति आफू जहाँ छौं, त्यहिँ दसैं मनाऔं।’
अत्यावश्यक काममा बाहिर जाँदा २ मिटरको दूरी पालना गर्ने, हातमुख राम्ररी धुने र धार्मिकस्थलमा पुगेर पूजा नगरी घरमै बसेर पूजा गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।