आइतबार, भदौ १४, २०८३

मन्त्री नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री नेम्वाङले ट्विट गर्दै आफ्नो पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको बताएका छन्। उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरेका छन्।

‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु,’ उनले ट्विटमा लेखेका छन्। 

मन्त्री नेम्वाङका सामान्य लक्षणहरु देखिएका छन्। संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वाटरमै होम आइसोलेसनमा बसेका छन्।

प्रकाशित: Oct 19, 2020| 11:15 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।