काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा र २६ हजार ९२७ जना होम आइसोलेसनमा छन्।
४ हजार ४७० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
आज २ हजार ३३५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।