आइतबार, भदौ १४, २०८३

असईको हत्यापछि कैलालीमा एसपी फेरिए

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको काज सरुवा भएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको काज सरुवा भएको छ।

प्रदेश दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरमा कार्यरत देउवालाई सोमबारदेखि काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिए।
 
धनगढी उप–महानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा कैलाली खटाइएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जवरालाई कोरोना पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौंमा छन्।

प्रकाशित: Oct 19, 2020| 10:11 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।