आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपचार खर्च आफैं बेहोर्न कोरोना संक्रमितलाई सिभिल अस्पतालको सूचना, खानाको लागि क्यान्टिनमा धरौटी राख्नुपर्ने

उपचार खर्च आफैं बेहोर्न कोरोना संक्रमितलाई सिभिल अस्पतालको सूचना, खानाको लागि क्यान्टिनमा धरौटी राख्नुपर्ने

मीनभवनस्थित सिभिल अस्पतालले कोरोना संक्रमितको उपचार खर्च नबेहोर्ने बताएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– मीनभवनस्थित सिभिल अस्पतालले कोरोना संक्रमितको उपचार खर्च नबेहोर्ने बताएको छ। अस्पतालले सूचना जारी गर्दै कोभिड–१९ को उपचार खर्च नबेहोर्ने सरकारको निर्णय कार्यान्वायन गरिएको जनाएको छ।

अस्पतालद्वारा जारी सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार सिभिल अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने बताइएको छ। साथै क्यान्टिनमा खाना खानको लागि समेत धरौटी रकम जम्मा गर्न भनिएको छ। 

स्वास्थ्य मन्त्रालयले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताएपछि अस्पतालले सूचना जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, असहाय एक महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ, कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय भएको बताएका थिए । 

तर, उनीहरुको खर्च पनि बीमा रकमबाट काटिने र अन्य सामान्य मानिसको उपचार आफैंले गर्नुपर्ने मन्त्रालयले बताएको छ । 


 

प्रकाशित: Oct 19, 2020| 10:01 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।