आइतबार, भदौ १४, २०८३

संकटकाल र कर्फ्युको हल्ला निराधार : गृह मन्त्रालय

गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भन्दै मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा आएका खबर निराधार भएको प्रष्ट पारेको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं- गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भन्दै मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा आएका खबर निराधार भएको प्रष्ट पारेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन्।

‘३ कात्तिकमा मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडी संकटकाल तथा कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकोले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको प्रष्ट पारेको छ।

‘गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्व लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Oct 19, 2020| 09:27 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।