धनगढी- प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्यारालाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
मृतकका आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै बजार बन्द गराउन थालेका छन्।
ड्युटीमा रहेका असई बिकको हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तथा मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
नियमित गस्तीमा गएका बेला बेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिकको शव आइतबार बिहान मोहना नदीको किनारमा भेटिएका थियो।
घाँटी रेटिएको अवस्थामा उनको शव भेटिएको थियो भने बिकसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अज्ञात छ।