आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस भन्छ– प्रधानमन्त्रीज्यू संवेदनशील बन्नुस्, निर्णय सच्याउनुस्

कांग्रेस भन्छ– प्रधानमन्त्रीज्यू संवेदनशील बन्नुस्, निर्णय सच्याउनुस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाको उपचार नगर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाको उपचार नगर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ। 

सोमबार विज्ञप्ति निकाल्दै परीक्षण र उपचारको दायित्वबाट पन्छिने सरकारी निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैरजिम्मेवार व्यवहार भएको बताएको हो। 

‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन, नागरिकको उपचार सरकारी खर्चमै गर्नुपर्छ।’

सर्वोच्च अदालतले निःशुल्क प्रबन्ध मिलाउन दिएको आदेशसमेत पालना नगरेर सरकारले कानुनी शासन र जनताप्रतिको संवेदनशीलता गुमाएको कांग्रेसको भनाइ छ। 

कांग्रेसले सांसद विकास कोष, दसैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको बताएको छ। 

कोरोना परीक्षण र उपचार निःशुल्क गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्री र सरकारलाई कांग्रेसले अपिल पनि गरेको छ। 
 

प्रकाशित: Oct 19, 2020| 07:43 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।