आइतबार, भदौ १४, २०८३

सिरहामा १ क्विन्टल गाँजासहित दुई पक्राउ

सिरहाको मिर्चैया नगरपालिका–१ मनहर्वास्थित भित्री सडक खण्डमा दुई जनालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

जनकपुरधाम– सिरहामा एक क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन्। 

सिरहाको मिर्चैया नगरपालिका–१ मनहर्वास्थित भित्री सडक खण्डमा दुई जनालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१ का १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय जितेन्द्र महतो रहेको सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

मनहर्वास्थित सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गुडिरहेको ना५त १४ नम्बरको ट्याक्टरलाई प्रहरीले चेक गर्दा पाँच पोका ठूलो र दुई पोका सानो प्लास्टिकको बोरामा एक सय केजी गाँजा र ट्याक्टरसहित ट्याक्टर चालक कापर र सहचालक महतोलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए।

प्रकाशित: Oct 19, 2020| 06:35 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।