आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसदलाई दसैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

सांसदलाई दसैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। 

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। 

‘पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिइसक्नुभएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाल समयसँग भने, ‘आजै संसदीय दलले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर फिर्ता गर्नेछ।’

सांसदहरु सबै काठमाडौंमा नभएका कारण बैठक राख्न सम्भव नभएपछि दलको नेताका हैसियतले देउवाले निर्देशन दिएका हुन्। 

जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए। उनले भने, ‘सरकारले परीक्षण पनि नगर्ने र उपचार पनि नगर्ने जस्ता निर्णय गरेर गैरजिम्मेवारी प्रस्तुत गरेको छ।’
 
प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रुपैयाँ दसैं भत्ता पाएका थिए।

आफ्ना सांसदलाई खातामा जम्मा भएको रकम फिर्ता गर्न पार्टीले पनि निर्देशन दिइसकेको छ। 

नेता खाँणका अनुसार सरकारले गरेका पछिल्ला निर्णयमा पनि नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
 

प्रकाशित: Oct 19, 2020| 06:25 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।