भैरहवा– रूपन्देहीमा तीव्र गतिमा सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिने भएको छ।
जिल्लास्थित राजमार्गमा बढीमा प्रतिघण्टा ६० किमि र भित्री सडकमा बढीमा प्रतिघण्टा ४० किमिको गतिमा सवारीसाधन चलाउनुपर्ने मापदण्ड छ।
प्रहरीले तोकिएको मापदण्ड उल्लंघन गरेर सवारी चलाउनेमाथि कारबाही गरिने जनाएको हो।
रुपन्देहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवसबहादुर जीसीले पत्रकारहरुको अन्तरक्रियामा दुर्घटना कम गर्न सवारीको गति नियन्त्रणमा कडाइ गर्ने बताएका हुन्।
उनले भने, ‘तीव्र गतिका कारण सवारी दुर्घटना बढेको छ। अब गति नियन्त्रणमा विशेष कदम चालिनेछ।’
ट्राफिकले रुपन्देहीमा सडक दुर्घटना न्यूनीकरणका लागि ठाउँठाउँमा डमी प्रहरी राखेको छ।
जिल्लामा तीव्र गतिमा चल्ने टिप्परका कारण दुर्घटना धेरै हुने गरेको छ।