आइतबार, भदौ १४, २०८३

‘रुपन्देहीमा तीव्र गतिमा सवारीसाधन हाँके कारबाही’

रूपन्देहीमा तीव्र गतिमा सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिने भएको छ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

भैरहवा– रूपन्देहीमा तीव्र गतिमा सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिने भएको छ। 

जिल्लास्थित राजमार्गमा बढीमा प्रतिघण्टा ६० किमि र भित्री सडकमा बढीमा प्रतिघण्टा ४० किमिको गतिमा सवारीसाधन चलाउनुपर्ने मापदण्ड छ। 

प्रहरीले तोकिएको मापदण्ड उल्लंघन गरेर सवारी चलाउनेमाथि कारबाही गरिने जनाएको हो।

रुपन्देहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवसबहादुर जीसीले पत्रकारहरुको अन्तरक्रियामा दुर्घटना कम गर्न सवारीको गति नियन्त्रणमा कडाइ गर्ने बताएका हुन्।

उनले भने, ‘तीव्र गतिका कारण सवारी दुर्घटना बढेको छ। अब गति नियन्त्रणमा विशेष कदम चालिनेछ।’

ट्राफिकले रुपन्देहीमा सडक दुर्घटना न्यूनीकरणका लागि ठाउँठाउँमा डमी प्रहरी राखेको छ। 

जिल्लामा तीव्र गतिमा चल्ने टिप्परका कारण दुर्घटना धेरै हुने गरेको छ।

प्रकाशित: Oct 19, 2020| 06:09 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।