काठमाडौं– काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको तेस्रो तलाबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार केएमसी अस्पतालमा उपचाररत सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले हाम फालेका हुन्।
हाम फालेपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा हात, खुट्टा पोलेपछि उनलाई उपचारका लागि केमसीमा भर्ना गरिएको थियो।
प्रहरीका अनुसार युवक मानसिक रोगी रहेको खुलेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको गौशाला प्रहरीले जनाएको छ।