आइतबार, भदौ १४, २०८३

बागमतीमा कोरोना संक्रमणबाट ३२९ को मृत्यु

बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ। 

यस्तै प्रदेशमा ४६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १६६ जना आईसीयूमा छन्। 

काठमाडौं उपत्यकामा मात्र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

बागमती प्रदेशमा आजसम्म ६४ हजार ९९६ जनामा कोरोना संक्रमण भएको छ। 

देशभर कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ रहेको स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ४० हजार २४४ जना कोरोनामुक्त भएका छन् भने २४ हजार ४२३ सक्रिय संक्रमित छन्। देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ छ। 

बागमतीमा सबैभन्दा बढी काठमाडौंमा ४४ हजार ७७० जनामा कोरोना भाइरस संक्रमण भएको छ भने सबैभन्दा कम रसुवामा ३२ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 18, 2020| 15:32 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।