आइतबार, भदौ १४, २०८३

रंगशालाका लागि भरतपुर महानगरको डेढ करोड

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु. १ करोड ५० लाख प्रदान गरेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

चितवन- गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु. १ करोड ५० लाख प्रदान गरेको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज (आइतबार) हस्तान्तरण गरिन्।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु. ४ करोडमध्ये पहिलो चरणमा रु. ५० लाख र दोस्रो चरणमा रु. १ करोड ५० लाख प्रदान गरेको हो।

महानगर प्रमुख दाहालले रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिइन्।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे। रंगशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ।

प्रकाशित: Oct 18, 2020| 15:08 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।