आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनप्रतिनिधिका लागि चाडपर्व खर्च दिएका छैनौँ : लुम्बिनी प्रदेश सरकार

जनप्रतिनिधिका लागि चाडपर्व खर्च दिएका छैनौँ : लुम्बिनी प्रदेश सरकार

संघीय संसदका सांसदहरुलाई दसैं भत्ताबापत् खर्च उपलब्ध गराएको विषयमा विरोध भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले भने आफ्नो प्रदेशअन्तर्गत चाडपर्व खर्चको प्रवन्ध नगरेको प्रष्ट पारेको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– संघीय संसदका सांसदहरुलाई दसैं भत्ताबापत् खर्च उपलब्ध गराएको विषयमा विरोध भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले भने आफ्नो प्रदेशअन्तर्गत चाडपर्व खर्चको प्रवन्ध नगरेको प्रष्ट पारेको छ। 

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका तर्फबाट प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्। 

‘जनप्रतिनिधि र चाडपर्वको खर्चको बारेमा चर्चा हुन थालेको छ। लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रवन्ध नगरेको प्रष्ट पार्छौ,’ विज्ञप्तिमा भनिएको छ।

प्रदेश सरकारका सबै कामलाई अझ पारदर्शी र प्रभावकारी बनाउन सबैको रचनात्मक सहयोग आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Oct 18, 2020| 13:50 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।