आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग छ : प्रधानमन्त्री

सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरण योजना र आर्थिक अनुशासन कार्यान्वयनमा सरकारको पूर्ण सहयोग रहने बताएका छन्। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरण योजना र आर्थिक अनुशासन कार्यान्वयनमा सरकारको पूर्ण सहयोग रहने बताएका छन्। 

आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक २०७७ उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। 

राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई ध्यान दिई यस्ता विषयहरुमा नियमित अन्तरक्रिया भइरहनुपर्ने उनले बताए। 

कोभिड १९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शव व्यवस्थापन तथा विपद्का घटनामा उद्धार तथा सहयोगमा नेपाली सेनाले उल्लेख्य भूमिका खेलेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले नेपाली सेनाले सम्पन्न गरेको दार्चुलाको घाँटीबगरदेखि छागंरुसम्मको गोरेटो÷घोडेटो बाटो निर्माणको समेत प्रशंसा गरे। 

कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सृजित अन्योल एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुन सक्ने चुनौती सामना गर्ने गरी  कार्ययोजना बनाउन बैठक उपयोगी हुने बताए।

चार कात्तिकसम्म सञ्चालन हुने बैठकमा मुुलुकको वर्तमान शान्तिसुरक्षाको अवस्था, कोभिड–१९ रोकथाम तथा नियन्त्रण लगायत नेपाली सेनाको आगामी कार्ययोजनाका विषयमा  छलफल हुनेछ।

बैठकले नेपाली सेनाको महत्त्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव तथा जङ्गी अड्डाका रथीबृन्दको उपस्थिति रहेको थियो। उपत्यकाबाहिरका पृतनापतिहरु भर्चुअल माध्यमबाट बैठकमा सहभागी छन्। 

बलाधिकृत रथी प्रभुराम शर्माले सरकारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताए।

समन्वयात्मक बैठकमा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुति दिनेछन्।

प्रकाशित: Oct 18, 2020| 13:20 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।