आइतबार, भदौ १४, २०८३

मोरङका ७ हजारभन्दा बढी घरका फुसको छाना हटाइने

मोरङका ७ हजारभन्दा बढी घरका फुसको छाना हटाइने भएको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

विराटनगर– मोरङका ७ हजारभन्दा बढी घरका फुसको छाना हटाइने भएको छ। 

क्षेत्र नंं १ का १ हजार ३६८, २ का १ हजार २२८, ३ का १ हजार ११९, ४ का १ हजार १२८,  ५ का १ हजार ३ र क्षेत्र नम्बर ६ का १ हजार ३२ गरी ७ हजार १७५ घरका फुसको छानो हटाइने सुरक्षित नागरिक आवास समन्वय समिति मोरङका सदस्य सचिव तथा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई मोरङका इन्जिनियर राजु शर्माले बताए। 

आइतबार विराटनगरमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यविधिले समेट्ने नागरिकको यकिन तथ्याङ्क निकाल्दै चाँडो कार्यसम्पादनमा जुट्न आग्रह गरिन्।

उनले पहिलो चरणमा पहाडी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिँदै कार्यविधिले समेटेका जनताको तथ्याङ्क न्यायपूर्ण रुपले संकलन गर्नसमेत आग्रह गरिन। 

बैठकमा कात्तिक मसान्तभित्र लाभग्राहीहरुको पहिचान गरी मंसिर १५ सम्म सर्वेक्षणको काम सम्पन्न गर्ने निर्णय गरेको समन्वय समितिका अध्यक्ष मोरङ १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले जानकारी दिए।
 

प्रकाशित: Oct 18, 2020| 13:18 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।