आइतबार, भदौ १४, २०८३

ओली–दाहालबीच जुटेन सहमति, छलफल निष्कर्षविहीन

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ।  

दुई अध्यक्षबीच पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद र मन्त्रिपरिषद् पुनर्गठनपछि उत्पन्न असन्तुष्टिबारे छलफल भएको थियो। 

दुई अध्यक्षबीच पार्टीमा उत्पन्न विवाद लगायत विविध विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष ननिस्कएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए। 
प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

नेकपामा कर्णाली प्रदेशमा देखिएको विवाद साम्य हुन सकेको छैन भने मन्त्रिपरिषद् पुनर्गठनपछि अध्यक्ष दाहाल ओलीप्रति असन्तुष्ट छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध त्यहाँका १८  सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवादले नेकपाको केन्द्रीय राजनीतिमा हलचल ल्याएको छ।
यस्तै बुधबार प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद्को पुनर्गठन गरेपछि दुई अध्यक्षबीच  सम्बन्ध चिसिएको थियो।

दुई अध्यक्षले कर्णाली प्रदेशका पदाधिकारीहरुलाई छलफलका लागि बिहीबार काठमाडौं बोलाएका थिए। तर, अध्यक्षद्वयसँग उनीहरुको संयुक्त छलफल भने हुन सकेको छैन। 

बिहीबार दाहालले खुमलटारमा महेन्द्रबहादुर शाहीसहितका नेताहरु र शुक्रबार यमलाल कँडेलसहितका नेताहरुसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले भने शनिबार मात्रै दुवै पक्षसँग छलफल गरेका थिए। छलफलमा ओलीले दुई अध्यक्षले गर्ने निर्णय मान्नुपर्ने निर्देशन दिएका थिए।

प्रकाशित: Oct 18, 2020| 12:51 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।