आइतबार, भदौ १४, २०८३

प्रदेश १ मा मात्रै ४७४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए छन्।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए छन्।

मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन्।

मोरङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२-१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २–२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ। 

उता झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २-२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १-१ जनामा कोरोना पुष्टि भएको छ। 

उदयपुरको कटारी र त्रियुगामा १३-१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १-१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १-१, संखुवासभाको चैनपुर र मकालु २–२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १-१, धनकुटाको छथरमा १, तेह्रथुमको लाली गुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ।
प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ।

प्रकाशित: Oct 18, 2020| 12:33 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।