आइतबार, भदौ १४, २०८३

डेढ करोड बराबरको यार्सागुम्बासहित एक जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले डेढ करोड बराबरको यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– जिल्ला प्रहरी कार्यालय दार्चुलाले डेढ करोड बराबरको यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ। 

प्रहरीले महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट  एक करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको १७ किलो ५१० ग्राम यार्सागुम्बा बरामद गरेको छ। 

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामा छन्।   

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागेर जाँच गर्दा उनले बोकेको दुई वटा झोलाभित्र प्लास्टिकमा बेरेर टाँचा लगाई लुकाइराखेको अवस्थामा यार्सागुम्बा फेला पारेको थियो। 

लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित: Oct 18, 2020| 12:15 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।