आइतबार, भदौ १४, २०८३

कर्णालीको विवाद मिलाउन फेरि जुटे ओली–दाहाल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद मिलाउन छलफलमा जुटेका छन्।  
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद मिलाउन छलफलमा जुटेका छन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भइरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

ओली र दाहालले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान, पछिल्लो समय गरिएको मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल  गरिरहेको बुझिएको छ। 

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध त्यहाँका १८  सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशको विवादले नेकपाको केन्द्रीय राजनीतिमा हलचल ल्याएको छ।

यस्तै बुधबार प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद्को पुनर्गठन गरेपछि दुई अध्यक्षबीच  सम्बन्ध चिसिएकाे थियो।

दुई अध्यक्षले कर्णाली प्रदेशका पदाधिकारीहरुलाई छलफलका लागि बिहीबार काठमाडौं बोलाएका थिए। तर, अध्यक्षद्वयसँग उनीहरुको संयुक्त छलफल भने हुन सकेन। 

बिहीबार दाहालले खुमलटारमा महेन्द्रबहादुर शाहीसहितका नेताहरु र शुक्रबार यमलाल कँडेलसहितका नेताहरुसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले भने शनिबार मात्रै दुवै पक्षसँग छलफल गरेका थिए। छलफलमा ओलीले दुई अध्यक्षले गर्ने निर्णय मान्नुपर्ने निर्देशन दिएका थिए।

प्रकाशित: Oct 18, 2020| 11:52 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।