आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सांसद रावल, थापा र पाठकले गरे दसैंभत्ता फिर्ता

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सांसद रावल, थापा र पाठकले गरे दसैंभत्ता फिर्ता

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल, गगन थापा र सूर्य पाठकले दसैंभत्ताबापतको रकम फिर्ता गरेका छन्।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल, गगन थापा र सूर्य पाठकले दसैंभत्ताबापतको रकम फिर्ता गरेका छन्।

अध्यक्ष तिमल्सिना र थापाले दसैंभत्ताबापत खातामा जम्मा भएको रकम नगदै संसद् सचिवालयमा फिर्ता गरेका हुन्। 

सांसद रावल र पाठकले भने रकम फिर्ताका लागि पत्राचार गरेको सचिवालयले जनाएको छ। 

अब उनीहरुले कात्तिकमा पाउने तलबभत्ताबाट कट्टी हुनेछ। 

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले तिमल्सिना, थापा, रावल र पाठकले आफू र आफ्नो स्वकीय सचिवका नाममा आएको दसैंभत्ता फिर्ता गरेको जानकारी दिए। 

संघीय संसद्का सदस्य र सांसदका स्वकीय सचिवलाई दसैंभत्ता वितरण गरेपछि आलोचना भएको थियो। 

सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दसैंभत्ता पठाएको छ। 

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले एकनास तलबभत्ता पाउने गर्छन्। तर, मन्त्री रहेकाले भने मन्त्रीबापतको सेवासुविधा पाउने हुँदा संसद् सचिवालयबाट तलबभत्ता बुझ्दैनन्। 
 

प्रकाशित: Oct 18, 2020| 11:56 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।