पोखरा– कोरोना परीक्षणमा खटिएका प्रयोगशालाका तीन प्राविधिकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा खटिएका तीन जनामा पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
केही प्रयोगशालाकर्मीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा तीन जनाको पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिइन्।
उक्त ल्याबमा असार पहिलो सातदेखि कोरोना परीक्षण हुँदै आएको छ। क्षयरोगबाहेक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुन्छ।
दुवै प्रयोगशालामा गरेर दैनिक ६ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ।