आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सबै किसिमका अस्पतालले ५० प्रतिशत बेड कोभिडको लागि छुट्याउनुपर्ने

सबै किसिमका अस्पतालले ५० प्रतिशत बेड कोभिडको लागि छुट्याउनुपर्ने

अबदेखि सबै किसिमका अस्पतालले कोभिड–१९का बिरामीको लागि कम्तीमा ५० प्रतिशत बेड छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– अबदेखि सबै किसिमका अस्पतालले कोभिड–१९का बिरामीको लागि कम्तीमा ५० प्रतिशत बेड छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 

यसअघि निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत बेड छुट्याउने र मेडिकल कलेजहरुले ३३ प्रतिशत बेड छुट्याउनुपर्नेे व्यवस्था थियो। कोरोना संक्रमणको चाप बढ्दै जाँदा सो निर्णय परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

परिवर्तित निर्णयअनुसार अबदेखि सबै निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत बेड छुट्याउनु पर्नेछ।

साथै संक्रमितको डिस्चार्जका सम्बन्धमा पनि मन्त्रालयले हेरफेर गरेको छ। हालसम्म १४ दिनसम्म लक्षण नभएका तथा लक्षण हराएको ३ दिन पूरा भएकालाई डिस्चार्ज गरिँदै आएकोमा यसलाई परिवर्तन गरेको छ । 

अबदेखि पछिल्लो ३ दिनमा लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने निर्णय मन्त्रालयले गरेको छ। यसरी डिस्चार्ज भएका व्यक्ति होम आइसोलेसनमा अनिवार्य रुपमा एक हप्ता बस्नुपर्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित: Oct 18, 2020| 11:01 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।