आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४५ वर्षपछिको दसैंमा महावीर पुन नयाँ कपडामा, भन्छन्– यो जिन्दगीको दोस्रो सुट हो 

४५ वर्षपछिको दसैंमा महावीर पुन नयाँ कपडामा, भन्छन्– यो जिन्दगीको दोस्रो सुट हो 

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दसैंमा नयाँ कपडा लाएका छन्।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दसैंमा नयाँ कपडा लाएका छन्।

यो आफ्नो जिन्दगीको दोस्रो नयाँ सुट भएको पुनको भनाइ छ। सामाजिक सञ्जालमा नयाँ सुट लाएको फोटो हाल्दै पुनले लेखेका छन्– ‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो।’

सुट नयाँ भए पनि लाएको जुत्ता चाहिँ ६ वर्ष पुरानो भएको उनको भनाइ छ। 

‘धेरै साथीले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्। आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें,’ पुनले लेखेका छन्। 

यो सुट कसले दिएको वा कहाँबाट आएको नसोध्न उनले आग्रह गरेका छन्।  उनी भन्छन्, ‘केही महिनापछि मैंले नै बताउने छु। क्या रमाइलो हुने भयो यो पालीको दसैं।’ 
 

प्रकाशित: Oct 18, 2020| 10:47 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।